Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:14 PM 0

काठमाडौं । एक वर्षअघि चितवनबाट काठमाडौं आएकी रविना तामाङ(नाम परिवर्तन) रोजगारीको खोजीमा चिनजानकी दिदीकोमा पुगिन् । दिदीकै फ्ल्याटमा बस्न थालिन् । त्यहाँ विभिन्न खालका मान्छे आउँथे ।

उनीहरुलाई खुसी बनाउने जिम्मा रविनालाई दिइन् दिदीले । सुरुमा रक्सी सर्भ गर्न लगाइन्थ्यो,पछि उनको जवानी नै दिनुपर्ने अवस्था आयो । रोजगारीको आसमा काठमाडौं छिरेकी उनी एक किसिमको कोठीको दुनियाँमा हराइन् । दुःख पनि नहुने र पैसा पनि हुने भन्दै चिनजानका दिदीहरुले उनलाई यस्तो काममा लगाएका थिए । कमजोर आर्थिक अवस्था भएकाले उनले पनि बाध्य भएर त्यही पेसा अँगाल्न थालिन् ।

पछि चिनजानकै एक व्यक्तिले रविनालाई त्योभन्दा राम्रो काम र कमाइ हुने भन्दै दरबारमार्गको लिप्स डान्सबारमा पुर्यायो । बेलुका उनी डान्सबारमा नाच्थिन्,पछि ग्राहकसँग जान बाध्य बनाइन्थ्यो । सोही डान्सबारमा डान्सरका रुपमा काम गर्ने साथी सुरेश कार्की मग्रातीले उनलाई ग्राहकसँग जान लगाउथ्यो ।

तिनै मग्रातीले रविनालाई महेन्द्रनगरमा आफ्नो साथीको डान्सबार भएको र त्यहाँ राम्रो कमाइ हुने आश्वासन दिए । पछि उनले त्यहाँको डान्सबारमा आफूलाई बेच्न लागेको थाहा पाएपछि जान अस्वीकार गरिन् । राजधानीमा रविनाजस्ता सयौं युवती छन्,जो सुखी जीवनको सपना देखेर सहर छिर्छन्,जागिर खोज्छन्,काम नपाएपछि रात्रिकालीन व्यवसाय हुँदै वेश्यावृत्तिमा लाग्छन् ।

कतिपय खुसीले लागेका छन् भने कतिपयको किनबेच हुने गर्छ । गाउँका सोझा युवतीलाई कोठी र डान्सबारमा ल्याएर एजेन्टहरुले बिक्री गर्ने गरेका घटना सार्वजनिक हुन थालेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

«
Next
»
Previous

No comments

Leave a Reply