Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 9:18 PM 0

भ्यालेन्टाइन डेका अवसरमा दलही बाजागाजाका साथ दुलहाको घर जन्ती लिएर पुगिन् । सयौ महिलाहरुका साथ भारतको भरौल गाउँकी प्रिती कुमारी आफ्नो अधिकार माग गर्दै श्रीमानको घर यसरी जन्ती लिएर पुगेकी हुन् । तर, दुलहा अर्थात श्रीमानले विवाह अस्वीकार गरेपछि बेहुली त्यही धर्ना बसिन् ।

अक्षर आँचल संस्थाको अगुवाईमा प्रहरी निगरानीमा प्रिति कुमारी सयौ महिला जन्तीका साथ आफ्नो घर मकदमपुर पुगेकी थिइन् । राज्यको महिला आयोगकी सदस्य रीना कुमारीका साथ महिला जन्तीहरु नाच्दै गाउँदै जब निरजको घर पुगे तब उनका घरका सदस्यहरुले प्रितीलाई चिन्नै अस्वीकार गरे । उनलाई घर प्रवेशमै रोक लगाए । यस क्रममा प्रहरीकै अगाडि दुवै पक्षबीच धक्काधक्कीर मुक्कामुक्की भयो । केही नलागेपछि हार मानेर प्रिति दुलहाकै घरअगाडि धर्ना बसिन् ।

भरौल गाउँ निवासी प्रितिको विवाह एक वर्षअघि २१ अप्रिल २०१४ मा मकदमपुर गाउँका शिक्षक निरजकुमारसँग जबरजस्ती गराइएको थियो । विवाहकै बेला निरजका परिवारले अपहरणको मुद्दा स्थानीय प्रहरीका दर्ता गराएका थिए । त्यसलगत्तै प्रहरीले छापा मापरेर निरजलाई छुटाउनुका साथै युवतीका पितासहित तीन जनालाई पक्राउ गरेर जेल पठाएको थियो । यसपछि प्रिति आफ्नै माइतीमा बस्दै आएकी थिइन् । PAT-bridal-reached-laws-home-with-procession
तर, यसपटकको भ्यालेन्टाइनमा उनी फेरी जन्ती लिएर निरजको घर पुगिन् । निरजको परिवारले घर प्रवेश गर्न नदिएपछि धर्ना बसेकी प्रितिले भनिन्–अब यहाँबाट मेरो अर्थी मात्रै जानेछ । हिन्दू परम्पराअनुसार कुनै पनि युवतीको विवाह एक पटक मात्र हुन्छ । यदि मलाई स्वीकार गरिएन भने म यही विष सेवन गरेर आफ्नो ज्यान दिनेछु । PAT-bridal-reached-laws-home-with-procession1

यता दुलहा निरजकुमारले अपहरण गरेर जबरजस्ती विवाह गराएको बताए । उनले भने–मलाई प्रहरीले अपहरणमुक्त गरेको हो । त्यतिबेला तीन जनालाई पक्राउ पनि गरिएको थियो । यस्तो विवाहको कुनै अर्थ छैन । यता प्रहरीले महिला आयोगको पहलमा प्रहरी सुरक्षामा प्रिति श्रीमानको घर पुगेको बताएको छ। प्रहरीले घटनाबारे निगरानी राखिएको र आगामी दिनमा उच्च अधिकारीको आदेशअनुसार कारबाही गरिने बताएको छ। एजेन्सी

«
Next
»
Previous

No comments

Leave a Reply