Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 11:38 PM 0

टोकियो । बिभिन्न भिसामा जापान प्रवेश गरेका नेपालीहरुलाई सम्पूर्ण नक्कली कागज पत्र गराएर शरणार्थी भिषामा आबेदन दिन उत्प्रेरित गर्ने नेपाली दलाललाइ जापानको अध्यागमन विभागले गैर कानूनी कार्यमा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ ।

 पक्राउ परेका नेपाली ३० बर्षको रहेको जनाएता पनि नाम उल्यख गरिएको छैन । जापानको योमियुरी पत्रिकाले जनाए अनुसार ती मानिसले करिब एक सय जना नेपालीहरुलाई शरणार्थी भिसामा कसरी आवेदन दिने भनेर प्रशिक्षण दिने गरेको अभियोगमा पक्राउ गरेको हो ।

उनले जापानमा वैधानिक रुपमा काम गर्न पाउँने प्रलोभन देखाएर शरणार्थी भिसामा आवेदन दिन नेपाली साथीहरुलाई प्रशिक्षण दिने गरेका थिए, पत्रिकाले जनाएको छ । शरणार्थी भिसा भएका हरुले जापानमा वैधानिक रुपमै काम गर्न पाउँने व्यवस्था छ ।

सन् २०१४ मा मात्रै करिब ५ हजार जनाले शरणार्थी भिसाका लागि आवेदन दिएको अध्यागमन विभागले जनाएको छ । यो तुलानात्मक रुपमा पाँच गुणाले बढी हो । त्यसैले नक्कली शरणार्थीहरुले आवेदन दिने गरेको आशंकामा अद्यागमन अधिकारीहरुले यसबारेमा तीव्र छानविन शुरु गरेको छ ।

स्मरण रहोस शरणार्थी भिसामा आवेदन दिलाउँने दलाललाई पक्राउ गरेको भने जापानकै इतिहासमा यो पहिलोपटक हो ।

«
Next
»
Previous

No comments

Leave a Reply