Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:50 PM 0

काठमाडौं । संविधानसभा बैठकले माघ ५ गते मध्यरात एमाओवादी गठबन्धनका सभासदद्वारा भएको तोडफोड र हुलदंगाबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन एमाओवादी लगायत विपक्षी दलको प्रतिक्रिया कुर्दा अलपत्र परेको छ।

संविधानसभामा भएको तोडफोड र हुलदंगाबारे छानबिन गर्न माघ ७ गते संसदसचिवालयले महासचिव मनोहर प्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिले एक साताअघि नै प्रतिवेदन तयार पारेपनि सार्वजनिक गर्न सकेको छैन । स्रोतका अनुसार तोडफोडमा एमाओवादीका ६ र थरूहट तराई पार्टीका एक गरी सात जना सहभागी रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

तोडफोडमा संलग्न एमाओवादी सभासदमा स्थायी समिति तथा पूर्व शान्ति तथा पुननिर्माण मन्त्री जनार्धन शर्मा, सभासदहरू उमेशकुमार यादव, शिवकुमार मण्डल, अमनलाल मोदी थारू, जानकरीकुमारी साउद रावल र दलजित विक त्रिपाली छन्। थरूहट पार्टीकी सभासद एवम् संसदको विधानसभा समितिकी सभापति गंगा चौधरी समेत सो काण्डमा संलग्न देखिन्छ ।

संविधानसभाका प्रवक्ता एवं छानबिन समितिका सदस्य मुकुन्द शर्माले माघ ७ गते माइक, टेबुल, कुर्सी, दुईवटा टीभी स्क्रिनलगायत भौतिक सामान तोडफोड हुँदा करिब ३० लाख रुपैयाँबराबरको क्षति भएको जानकारी दिएका थिए । एमाओवादी बस्नेपट्टिका ६ लहर कुर्ची, माइक, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरमको पहिलो लहरसमेत तोडफोडमा क्षति भएको थियो ।

संसदीय छानबिन समितिले तोडफोडबाट प्रभावित सभाध्यक्ष सुवास नेम्बाङ, एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष विद्यादेवी भण्डारीलगायतसँग आवश्यक जानकारी लिएको छ ।

विपक्षी दलहरूका अमर्यादित र अशोभनीय रेकर्डिङसमेत तोडफोडमा परेका क्यामेरामा रहेको दाबी स्रोतले गरेको छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

«
Next
»
Previous

No comments

Leave a Reply