Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 11:53 PM 0

एजेन्सी । अहिलेसम्म कुनै कम्पनीले काम गर्नका लागि महिला वा पुरुष भर्ती गरेको त देख्नु र सुन्नु भएकै होला । तर, के तपाईले कुनै कम्पनीले बाख्रा भर्ती गरेको देख्नु भएको छ ? त्यो पनि अरुले होइन, गुगलजस्तो कम्पनीले ? हो, सुन्दा अलि विचित्रको लागे पनि यो विल्कुल सत्य हो ।

 संसारकै नामी कम्पनीमध्येको एक गुगलले आफ्नो कम्पनीका लागि बाख्रा भर्ती गरेको छ । त्यो पनि एउटा वा दुई वटा होइन, पूरै दुई सय वटा । गुगलले आफ्नो कार्यालयमा यी दुई सय बाख्रालाई जागिर मात्र दिएको छैन । त्यसबापत उनीहरुलाई पारिश्रमिक पनि दिने गरेको छ। साथै खाना र बस्ने व्यवस्था पनि । तपाईलाई बताइहालौं कि गुगलको कार्यालयमा यी बाख्राहरुले कुनै सफ्टवेयरमा काम गर्ने छैनन् ।

बरु कार्यालय परिसरमा रहेको घाँस खाने छन् । बाख्राले घाँस खाएपछि कार्यालय परिसर सफा त हुने नै छ, बाख्राको पेट पनि भरिनेछ । गुगल स्वयमले आफ्नो ब्लगमा बाख्रालाई काम दिने जनाएको हो । गुगलका अनुसार यी दुई सय बाख्रालाई हप्तामा एक दिन कार्यालय परिसरमा छाडिनेछ ।

र, केही घण्टा त्यहाँ उम्रिएका घास खाने छन् । यद्यपि बाख्राले घाँस मात्र खाउन् भनेर उनीहरुलाई विशेष तालिमसमेत दिइएको छ। किनभने गुगलले आफ्नो कार्यालय परिसारको घाँस काट्नका लागि मेसिनको प्रयोग गर्दैन ।

मेसिनको आवाजका कारण कार्यालयमा इनोभेशनमा काम गरिरहेका कर्मचारीलाई समस्या हुने भएकाले उसले मेसिन प्रयोग नगरेको हो । त्यसैले गुगल म्यानेजमेन्टले कार्यालय परिसरको घाँस सफाईका लागि बाख्रालाई जिम्मेवारी दिएको हो ।

«
Next
»
Previous

No comments

Leave a Reply