Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 11:23 PM 0

काठमाण्डौ । नायक राजेश हमालले देशले सक्षम नेता नपाउँदा यो अवस्था आएको बताएका छन् । ‘म नेपाली हाम्रो नेपाल’ अभियानको सुरुवाती कार्यक्रममा आफ्नो कुरा राख्दै हमालले देशको अवस्थाले गर्दा नेपालीले पनि धेरै कुरामा दुख पाउनु परेको खुलाए । उनले नेपाली हुनुमा सहजता भएको भन्दै गरिबी र सानो मुलुक हुनुको चुनौती नेपालीसँग भएको बताएका हुन् ।

करिब १५ सय यूवा तथा विभिन्न क्षेत्रका मानिसहरुको जमघटमा आयोजना गरिएको ‘म’ अभियानका क्रममा हमालले चुनौतीले मानिसलाई उर्जा दिने भन्दै यसलाई शक्तिमा बदल्नु पर्ने बताए । उनले नेपाली हुनुमा गर्व छ त भनेर आफैलाई प्रश्न सोध्न आग्रह गरे ? नेपालीहरुलाई राष्ट्रसँग जोडिएको कुराले धेरै पीडा दिने गरेको भन्दै उनले सक्षम नेता पाउन नसकेको गुनासो गरे । हमालले भने-‘यदि यो देशमा पहिलो संविधान सभापछि बनेका पहिलो प्रधानमन्त्रीले संविधान दिन सकेको भए आज उनको तस्बिर हरेक नेपालीको भित्तामा झुन्डिन्थ्यो, तर हामीले एउटा गतिलो नेता पाउँन नसक्दा यो दुर्दशा भोगिरहेका छौ ।’ हमालले बन्दुक उठाउनु कसैको रहर नभएको बताए । उनले भने-‘आफ्नो जिन्दगीमा परिवर्तन होला भनेर कसैले आश्वासन दिएपछि स्वभाविक रुपमा उसले बन्दुक उठाउँछ । तर, यो देशलाई हजारौ नेता होइन एउटा सक्षम नेता चाहिएको छ, यो हामीले पाउन सकिरहेका छैनौ ।’

उनले आफू राष्ट्रिय कार्य गर्नका लागि चलचित्र क्षेत्रमा नलागेको बताउँदै भने-‘तपाई जे गर्न सक्नुहुन्छ, त्यही काम गर्नुहोस् । तपाइको सफलताको कारण समाज बन्छ, समाज बनेपछि देश बन्छ ।’ जनताले अवसर दिएर पनि काम गर्न नसकेको नेताप्रति आक्रोश पोखेका हमालले अधिकांश समय देशको विग्रदो अवस्था र नेपालीले पाएको पीडाका बारेमा बोलेका थिए ।

«
Next
»
Previous

No comments

Leave a Reply