Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 7:04 PM 0

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रायोजन गर्ने भएको छ । झण्डै १ वर्षदेखि प्रायोजकबिहीन रहेको नेपाली क्रिकेट टिमलाई टेलिकमले ३ वर्षे प्रयोजन गर्ने तयारी गरेको हो ।

टेलिकमको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रवन्ध निर्देशक बुद्धि अर्यालयले नेपाली क्रिकेट टिमलाई प्रयोजन गर्ने निर्णय भएको बताए । यद्यपी अन्तिम सम्झौता भने भइसकेको छैन ।

यता क्यान स्रोतले पनि टेलिकमसँग प्रायोजन सम्झौता हुन लागेको स्वीकारेको छ । पछिल्लो समय अन्तराष्ट्रिय स्तरमा नेपाली क्रिकेट टिमको सानदार प्रदर्शन पछि नेपालमा क्रिकेटलाई हेर्ने नजर फेरिँदै गएको छ ।

सरकारले पनि क्रिकेटलाई विशेष चासोका साथ हेरिरहेका बेला सरकारी संस्थान र ठूला ब्यापारिक घरानाहरु पनि क्रिकेटमा लगानी गर्न तयार हुन थालेका छन् ।

«
Next
»
Previous

No comments

Leave a Reply