Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:47 PM 0

इनरुवा । बढ्दो आधुनिकतासँगै मानिसमा रिस, राग र तनावसमेत बढेको कारण आत्महत्याको घटनामा वृद्धि भएको छ । सुनसरीमा पछिल्लो समय आएर आत्महत्याको घटनामा वृद्धि भएको हो ।

जिल्लामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५५ वटा आत्महत्याका घटना भएका छन् । जिल्लामा विष सेवन गरी र पानीमा हाम फालेर नौ, झुन्डिएर ४७ गरी ५५ जनाले आत्महत्या गरेको सुनसरीका प्रहरी उपरीक्षक मसउद आलम खाँले जानकारी दिनुभयो ।

प्रहरीले दिएको जानकारीअनुसार साउनमा पाँच, भदौमा आठ, असोजमा १३, कात्तिकमा नौ, मङ्सिरमा १४ र पुसमा आठ गरी ५५ जनाले आत्महत्या गरेको तख्याङक रहेको छ । आत्महत्या गर्नेमा १२ वर्ष देखि २५ वर्ष उमेर समूहका मानिस बढी रहेका छन् ।

आत्महत्याको घटनामा वृद्धि हुनुको कारण प्रेममा असफल, आर्थिक तनाव, घरायसी तनाव, परीक्षामा असफल, घरेलु हिंसालगायत रहेको पत्रकार जयकृषण यादव बताउनुहुन्छ । गत वर्ष पनि एक वर्षको अवधिमा ९७ जनाले आत्महत्या गरेका थिए ।

«
Next
»
Previous

No comments

Leave a Reply