Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 8:21 AM 0

काठमाडौं । पशुपतिस्थित वनकालीमा सामूहिक विवाहको तयारी सुरु भएको छ । त्यो पनि दुलहादुलहीले लगाउने कपडासमेत आयोजक संस्थाका तर्फबाट उपलब्ध गराउने गरी ।

शिवशक्ति रावल षडानन्द फाउन्डेसन, सिद्धाश्रम शक्ति केन्द्र नेपाल र भारतस्थित पद्मश्री योग पीठको संयुक्त आयोजनामा सय जना नेपाली जोडीको यही माघ २५ गते सामूहिक विवाह हुने भएको हो ।

नेपालका ४० जिल्लाका ब्राम्हण, क्षेत्री, नेवार, मगर, तामाङ, राई, लिम्बु र दलित जोडीको हिन्दु धर्मअनुसार सामूहिक विवाह गराउने अन्तिम तयारी भएको आयोजकले जानकारी दिएको गोरखापत्रमा खबर छ ।

समाजमा विवाह बढी तडकभडक बन्दै गएको बेला गर्न लागिएको सामूहिक विवाहले समाजमा सकारात्मक सन्देश जाने र नयाँ पुस्ताका लागि सामूहिक विवाह अनुकरणीय हुने विश्वास आयोजकको छ । विवाह पूर्ण रुपमा हिन्दु धर्म र परम्पराअनुसार हुनेछ ।

यो विवाहले समाजमा हुने अनावश्यक तडकभडक अन्त्य गरी हरेक व्यक्ति र समुदायलाई आफ्नो क्षमता र औकातअनुसार काम गर्न समेत प्रोतसाहित गर्ने शिवशक्ति षडानन्द फाउन्डेसनका सदस्य ज्ञानु पौडेलले बताए ।

«
Next
»
Previous

No comments

Leave a Reply