दलितसँग बिहे गरेको निहुँमा युवतीमाथि परिवारबाटै यस्तो व्यवहार
ABC Khabar Sansar
6:23 PM
0
काठमाडौं । दलित युवासँग प्रेम विवाह गरेको निहुँमा माइती पक्षले एक महिलालाई कुटपिट गरेका छन् ।
चारघरे–८ की रजनी थापामगरले कल्याणपुर–४ का २२ वर्षीय युवक लालबहादुर विकसँग विवाह गरेको निहुँमा उनलाई आमा रमा थापामगर सहित दाजु सुसन र काका महेन्द्र लगायतले कुटपिट गरेका हुन् ।
शनिबार प्रेम विवाह गरेकी रजनीलाई उनका आफन्तले घरमा पुगेर कुराकानी गर्नुछ पर हिंड् भन्दै सोमबार कुटपिट गरेको पीडित रजनीले बताइन । माइती पक्षले पानी नचल्ने अछुतसँग विवाह गरी माइतीको नाक कटाएको भन्दै कुटपिट गरेका थिए ।
कुटपिटबाट महिलाको शरीरका विभिन्न भागमा चोटलागेको छ । रजनीको त्रिशूली अस्पतालमा उपचार गरिएको छ ।
जातजातिका आधारमा विभेद देखाउँदै कुटपिट गरेपछि महिलाले न्यायका लागि प्रहरीमा उजुरी दिएकी छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
No comments