Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:02 PM 0

काठमाडौं । ‘हे अगस्त्यमुनि, माघ महिनाको २० गते बिहानै नेपाली महिलाहरू पति र प्रेमीका नाममा शालीनदीको चिसो र फोहोर पानीमा डुबुल्की मारे ।’ स्वस्थानी कथामा विश्वास गर्ने धार्मिक महिला र पुरुषहरू मंगलबार बिहानै देशभरिका नदी, कुण्ड र तलाउमा गएर स्नान गरेका छन् । एकाबिहानै काठमाडौंको उत्तरमा पर्ने शाली नदीको चिसो पानीमा पनि सयौँ महिलाहरू डुबुल्की मार्दै–निस्कँदै गरिरहेका थिए । अलि कम संख्यामा पुरुषहरू पनि त्यसै गरिरहेका थिए । मेला हेर्न आएका दर्शकहरूको पनि ठूलो घुइँचो थियो । यो स्वस्थानी व्रतकथाको सांगेमा लाग्ने धार्मिक मेलाको दृश्य थियो । हरेक वर्ष पुसको शुक्ल पूर्णिमादेखि एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथाको समापन मंगलबार हुँँदैछ । देशभरिका नदी किनार, तालतलैया वा शिव मन्दिरमा नुहाएर, फूलमाला बगाएर व्रतालुहरूले आफ्नो एक महिना लामो व्रत टुंग्याउँछन् । काठमाडौंको शाली नदीमा पनि मंगलबार बिहान शिवभक्त र स्वस्थानी देवीका व्रतालुहरूले पूजा–आराधना गरेका हुन् । विशेषतः विवाहित महिलाहरूले पतिको दीर्घायुको कामना गर्ने र अविवाहित महिलाले असल पति पाऊँ भनी स्वस्थानीको व्रत बस्ने गरेका पाइन्छ । महिलालाई पुरुषको सेवामा केन्द्रित गर्ने वा पुरुषलाई नै शक्तिशाली देखाउने स्वास्थानी व्रतकथा नेपाली सन्दर्भमा लेखिएको धार्मिक कथा हो । मंगलबार आफ्ना पति वा भावी पतिको नाममा शाली नदीको चिसो र फोहोर पानीमा डुबुल्किन किसिमकिसिमका महिलाहरू आएका देखिए । शाली नदीको दृश्य फोटो फिचरमा हेर्नुस् :स्रोत/प्रस्तुति : निलम भण्डारी, तस्विर : राज श्रेष्ठ (काठमाण्डु टुडे) ।
10102203304456781011

«
Next
»
Previous

No comments

Leave a Reply