सानिमा बैंकले भिसा डेबिट कार्ड सुरु गर्यो
ABC Khabar Sansar
6:35 AM
0
काठमाडौ । सानिमा बैंकले नेपाल तथा भारतका एटीएम र व्यापारिक केन्द्रहरूमा सहज रूपमा प्रयोग गर्न सकिने भिसा ब्रान्डको डेबिट कार्ड सुरु गरेको छ।
यसका साथै बैंकले एटीएम सञ्जाल विस्तार गर्न थप २७ एटीएम सञ्चालनमा ल्याएको छ।
सेवाको उद्घाटन ब्रान्ड एम्बेसडर मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य र प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्त रूपमा गरे।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले छिटै अन्तर्राष्ट्रिय डेविट र प्रिपेड ट्राभल कार्ड सञ्चालनमा ल्याउने जानकारीसमेत दिए।
No comments