Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:39 AM 0

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) मा लगातार चारपटक स्वर्ण पदक जितेका ३८ वर्षीय तेक्वान्दो खेलाडी दीपक विष्टले करिब दुई दशकको खेल जीवनबाट उमेर र खुट्टाको चोटका कारण गत शनिबार सन्न्यास लिएपछि तेक्वान्दोको साख जोगाउनु चुनौतीपूर्ण बनेको छ । एसियाली खेलकुदमा मुलुकलाई दुईवटा कास्य पदक दिलाउन सफल एक्ला खेलाडी विष्टले रिङबाट बिदा लिएपछि नेपालको समग्र खेलकुदसँगै तेक्वान्दोमा एउटा बहस सुरु भएको छ– दीपकको सन्न्यासपछि तेक्वान्दो खेलको भविष्यलाई लिएर ।

नेपाली तेक्वान्दोमा दीपकमात्र सफलता हासिल गर्ने एक्ला खेलाडी होइनन् सविता राजभण्डारी, सङ्गीना वैद्य, आयशा शाक्य, मनिता शाही, कुमार मानन्धर पनि उहाँकै हाराहारीमा हुनुहुन्छ यद्यपि उहाँहरू दीपकसँग तुलना गर्न चाहनुहुन्न । दीपकजस्तो प्रतिभावान आफूहरू नभएको उहाँहरू स्वीकार गर्नुहुन्छ । खेलाडी मनिता दीपकको सन्न्यासपछि अब तेक्वान्दोमा उहाँको स्तरको खेलाडी मुलुकले पाउन मुस्किल पर्ने बताउनुहुन्छ । दीपकले खेल जीवनमा गरेको मेहनतबाट आफू साँच्चै प्रभावित भएको बताउँदै उहाँले भन्नुभयो – “दीपक खेलप्रति यति समर्पित हुनुहुन्थ्यो कि शल्यक्रियाका बेला पनि प्रतिस्पर्धा गर्न उहाँ चुक्नुभएन ।”


आफ्नै मेहनत, सङ्घर्ष र खेलप्रतिको लगावले दीपकको उचाइ बनेको उहाँको भनाइ छ । तेक्वान्दोको वर्तमान संरचनाले अब दीपकजस्तो खेलाडी उत्पादन गर्न गाह्रो हुने तेक्वान्दो खेलाडी बताउँछन् । उहाँको प्रतिस्थापन गर्ने खेलाडी तयार गर्न खेल संरचनामा पूरै परिवर्तनको आवश्यकता आँैल्याइएको छ ।

“यहाँ कुनै प्रतियोगिता नै भइरहेको छैन, यस्तो चालले उहाँजस्तो खेलाडी कसरी बनाउने र पदकको आश गर्नेे ?” मनिताले प्रतिप्रश्न गर्नुभयो । तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक कुमार लामा घिसिङ दीपकलाई अहिलेसम्मकै कुशल खेलाडी र प्रशिक्षक मान्नुहुन्छ । दीपकको खेल जीवनबाट निकै प्रभावित उहाँले भन्नुभयो – “दक्षिण एसियामा अहिलेसम्म हार नव्यहोरेको दीपकको खेल यात्रा अविष्मरणीय छ ।”

खेलकुदको विकासमा राजनीति बाधक बनिरहेको नेपाली खेलकुदमा नौलो कुरा होइन । प्रशिक्षक घिसिङ खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच विवाद रहेसम्म दीपकजस्तो खेलाडीको आशा गर्न नसकिने बताउनुहुन्छ । खेलाडीको व्यक्तिगत प्रयासले तेक्वान्दो खेलले धेरै दीपक विष्टहरू जन्माउन पनि सक्ने आशा गर्नेको पनि कमी छैन खेलकुल क्षेत्रमा ।

“मनिता शाही, अरुण अधिकारी, निमा गुरुङ, सक्षम कार्की, ज्ञानी चुनारा, निशा रावल, मोहम्मद वेश, रञ्जन श्रेष्ठजस्ता खेलाडीले स्तरीय प्रशिक्षण पाएमा दीपकको पथ पछ्याउन सक्छन्” – घिसिङ भन्नुहुन्छ । नेपाल तेक्वान्दो सङ्घका निर्देशक केशवराज गौतम दीपकले लगातार जितेका चार स्वर्ण पदक नै उहाँको योगदानलाई सम्झन काफी रहेको बताउनुहुन्छ । दीपकको सन्न्यासपछि उहाँजस्ता खेलाडी उत्पादन गर्न सङ्घ गम्भीर रहेको र त्यसका लागि १८ खेलाडी निरन्तर प्रशिक्षणमा छन् ।

“दीपकको अवकाशपछि पनि उहाँको कमीको महसुस हुन दिइने छैन, दीपक स्वयम् प्रशिक्षक भएकाले उनीजस्तो खेलाडी उत्पादन गराउन सकिने आश गर्न सकिन्छ” – निर्देशक गौतम भन्नुहुन्छ । नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष सुशीलशमशेर राणा “खेलकुद क्षेत्रले रचेको दीपक विष्टको इतिहास कसैले पनि तोड्दैन” भन्नुहुन्छ । नेपालको मात्र नभएर दक्षिण एसियाकै इतिहास दीपकको भएकाले लगानीको कमीका कारण उहाँजस्ता अन्य खेलाडी उत्पादन गर्न गाह्रो भइरहेको उहाँको तर्क छ । उहाँका अनुसार तेक्वान्दो खेलको विकासका लागि ७० जिल्लामा सङ्घ क्रियाशील रहेको, खेलाडी खोज्ने र प्रतियोगिता भइरहेका छन् । त्यससँगै राष्ट्रिय टिम छनोट र खेलाडी उत्पादनका लागि सङ्घ लागिपरेको छ ।

त्यसका लागि विदेशी प्रशिक्षक ल्याउने प्रयास भइरहेको । दीपक विष्ट इमान्दार र मेहनति भएकै कारण सफल खेलाडी भएका पारा वल्र्ड च्याम्पियन यादव कुँवर बताउनुहुन्छ । सन्न्यासपछि अब दीपकले आफूजस्तै खेलाडी उत्पादन गर्नुपर्ने उहाँको धारणा छ । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का दीपकलाई नेपालका सबभन्दा लोकप्रिय खेलाडी मान्नुहुन्छ । “दीपकले लगातार चार स्वर्ण पदक जिते, हाम्रा खेलाडीलाई यो प्रायः असम्भव हुन्छ” – दीपकका समकालीन हरिले भन्नुभयो ।

सफल खेलाडी भए पनि घमण्ड नगर्ने उनको गुण अनुकरणीय भएको खेलाडी अन्य खेलाडीहरू बताउँछन् । नेपाली क्रिकेट टिमका विकेटकिपर÷ब्याट्सम्यान सुवास खकुरेल दीपक विष्टलाई कसैले पनि प्रतिस्थापन गर्न नसक्ने ठोकुवा गर्नुहुन्छ । घाइते हुँदा पनि साहसका साथ भिड्ने उहाँको अनौठो बानीको सुवास प्रशंसा गर्नुहुन्छ ।

«
Next
»
Previous

No comments

Leave a Reply