Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 1:30 AM 0

विमानमा सवार गर्ने गर्नु भएको छ भने तपाइँलाई थाहा होला विमान चढेपछि तपाइँलाई फोन अफ गर्न लगाइन्छ । विमानमा फोन लगायतका उपकरण प्रयोग गर्न पाइँदैन जस्को बाहिरी नेटवर्क सँग सम्बन्ध छ । तर के विमानमा फोन अन भयो भने विमानमा अन्य विद्युतीय प्रणालीमा असर गर्छ ? होइन भने किन लगाइन्छ विमानमा ?

एक यात्रु अनुभव सुनाउँछन् -’म एक पटक बेलायतको हिथ्रो विमानस्थलबाट विमानमा चढेको बेला फोन अफ गर्ने आग्रह गरियो तर मैले उनीहरुलाई झुक्क्यार खल्तीमा आइफोन राखें अफ नगरी । मैले गलत गरेको कुरा अहिले खोल्दैछु । मलाई मेरो काम सम्बन्धि महत्वपूर्व सन्देश हेरिरहनु पर्ने भएकाले मैले फोन अफ गरिन तर उनीहरुले चाल पाएनन् । अनि मलाई के थाहा थियो भने एक फोनले उडिरहेको विमानलाई दुर्घटना गराउने वा जमिनमा पछारिने अवस्थामा पुर्‍याउन सक्दैन ।’ हालै गरिएको एक सर्वेक्षणले हरेक १० मध्ये ४ अमेरिकी हवाइ यात्रुले विमान यात्राको समयमा फोन अफ गर्दैनन् भन्ने तथ्य बाहिर ल्याएको छ ।

संसारभरी नै ३००० मिटर अर्थात १० हजार फिट भन्दा मुनी उड्ने विमानमा मोबाइल वा अन्य नेटवर्कमा आधारित उपकरण बन्द गर्नै पर्छ । यो बाध्यकारी नियममा पर्छ । नियम अनुसार कुनै पनि यात्रुले फ्लाइट मोडमा समेत फोन राख्न पाउँदैन । फ्लाइट मोडमा समेत फोनले पनि विमानको अन्य प्रणालीमा असर गर्ने बताइन्छ । यद्यपी उचाइमा विमान उडिरहँदा ल्यापटप वा म्यूजिक प्लेयर भने प्रयोग गर्न पाइन्छ । हामीलाई अहिले सम्म भनिएको कुरा के हो भने मोबाइल वा अन्य उपकरणमा आउने सिग्नलले विमानको इलेक्ट्रोनिक प्रणालीमा असर गर्छ र विमान खतरामा पर्छ । खासमा यो सिद्धान्त इन्टरनेटसँग जोडिएका विभिन्न ग्याजेट्स वा मोबाइल नेटवर्क रेडियो तरंगको प्रयोग गर्छ र विमान पनि जमिनबाट सूचना प्राप्त गर्नका लागि सयौं यस्तै इलेक्ट्रोनिक प्रणालीमा आधारित हुन्छ जसलाई एभिएनिक्स भनिन्छ । यसले ककपिटमा भएका ब्यक्तिहरुबीच सञ्चारको काम गर्छ ।

सिग्नलमा अवरोध
यो कुरा केवल मोबाइल सँग मात्र जोडिएको विषय होइन । यसमा किन्डल्स, आइप्याड, ल्यापटप, हातले खेलिने भिडियो गेम लगायतका उपकरणले पनि रेडियो तरंग छोड्छन् । यस्ता उपकरणको फ्रिक्वेन्सी विमानको एभिएसनिक्समा प्रभाव पार्ने स्तरमा भयो भने यस्ले राडारसँगको सम्बन्ध र अन्य प्रणालीमा असर गर्ने बताइन्छ । अहिले सम्म कुनै पनि विमान विमानमा फोन चलाएको कारण वा अन्य उपकरण चलाएका कारण दुर्घटनामा परेको इतिहास छैन । तर यो पनि विमान दुर्घटनाका कारण मध्ये हुन सक्छ । अहिले सम्मको प्रविधीले विमानमा समस्या ल्याउन यस्ता उपकरणको कति भूमिका हुन्छ भन्ने पत्ता लगाउन पनि सक्दैन ।

यस्ता कहानी धेरै छन् जसले विमानमा उपकरणहरु चलाउँदा विमानमा असर पर्छ भन्ने पुष्टी गर्छ । सन् २०१३ मा प्रकाशित एक रिपोर्टका अनुसार अमेरिकी विमान सुरक्षा प्रणालीका अनुसार ५० यस्ता घटना भएका छन् जहाँ विमानभित्र यात्रुले उपकरण चलाएका कारण विमानको सूचना प्रणालीमा असर परेको थियो । अधिकाँश अवस्थामा विमानको कम्पासमा असर परेको थियो । सन् २००६ सम्मको रेकर्डमा १२५ यस्ता घटना भएका थिए जसमा उपकरणकै कारण विमानको सिग्नलमा समस्या भएको थियो । र ७७ घटना जोखिमपूर्ण नै थिए । त्यस्तै सन् २००३ र २००९ मा पनि यस्ता घटना सार्वजनिक भएका थिए । खासमा विमानको प्रणाली ट्रान्समिसनको एक प्रक्रियामा आधारित हुन्छ ।

जुन मोबाइल लगायतका उपकरणहरुको इलेक्ट्रोनिक नेटवर्क जस्तै हुन्छ । विमानमा प्रयोग भएको सुचना प्रणाली र यस्ता उपकरणको सूचना प्रणालीको सिग्नल एकै खालको हुने हुँदा यसले गर्ने असरबारे स्पष्ट डाटा निकाल्न समेत कठिन हुन्छ । त्यसै कारण नै विमानमा फोन अफ गर्न लगाइन्छ ।

«
Next
»
Previous

No comments

Leave a Reply