Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 1:16 AM 0

काठमाडौँ । देशका विभिन्न भागमा बैशाख २९ गते आएको दोस्रो बिनाशकारी भूकम्पमा परी शनिबार १० । ३० बजेसम्मको प्राप्त जानकारी अनुसार १३६जनाको ज्यान गुमेको छ भने २९५६ जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ११, पूर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा ११८ र पश्चिम क्षेत्रमा ३ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १७३९, पूर्व क्षेत्रमा १२१, मध्य क्षेत्रमा ९७२, पश्चिम क्षेत्रमा ११० र मध्य पश्चिम क्षेत्रमा १४ जना रहेका छन् ।

मृतक ११३ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये १६९८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । साथै भूकम्पमा परी घाइते भएका नेपाल प्रहरी ४३, नेपाली सेना ६ र सशस्त्र प्रहरी ११ जनासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । भूकम्पमा परी ४ जना वेपत्ता भएका छन् । भूकम्पबाट हालसम्म ३६२७ पूर्णरुपमा र ५१९० आंशिकरुपमा गरी जम्मा ८८१७ भौतिक संरचनामा क्षति पुगेको छ । यसैगरी देशका विभिन्न भागमा बैशाख १२ गते आएको पहिलो बिनाशकारी भूकम्पमा परी शनिवार १० । ३० जानकारी अनुसार ८३४९ जनाको ज्यान गुमेको छ भने १७,८७० जना घाइते भएका छन् ।

 भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७०९, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ६१६४, पश्चिम क्षेत्रमा ४२१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १०७७३, पूर्व क्षेत्रमा ३२५, मध्य क्षेत्रमा ५५५०, पश्चिम क्षेत्रमा ११९८, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । साथै उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ ।

यसैगरी हालसम्म नेपाली नागरिक २५२ र विदेशी नागरिक ११० जना बेपत्ता भएका छन् । यसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७१३०, पूर्व क्षेत्रमा ३५४५४, मध्य क्षेत्रमा १९८२८३, पश्चिम क्षेत्रमा ११३९४२, मध्य पश्चिम क्षेत्रमा ३१५४ र सुदूर पश्चिम क्षेत्रमा ३४ गरी जम्मा ४१७९९७ भौतिक संरचनाहरु क्षती भएका छन् । नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ ।

भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने, उद्दार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।

«
Next
»
Previous

No comments

Leave a Reply