Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 11:45 PM 0

बर्दिया । नेपालगञ्जबाट विवाहको कार्यक्रम सकेर शनिबार साँझ बर्दियातर्फ फर्कदै गरेको भे. १ ख १४२८ नम्बरको बस महम्मदपुर गाविसको लालपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

 जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं. २ का ५५ वर्षीयका खडानन्द पौडेल र उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा ४० वर्षीय महेशकुमार उपाध्यायको (दुलहीको बाबु) मृत्यु भएको हो ।


 सात जना घाइतेहरुलाई नेपालगञ्जबाट उपचारपछि डिस्चार्ज गरिएको रअन्य घाइतेहरुलाई बर्दिया जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर पठाइएको छ ।विवाह सकेर फर्किने क्रममा चालककले उल्टी गरेकी आफ्नी छोरीलाई प्लास्टिक व्याग झिकेर दिन खोज्दा बस अनियन्त्रित भइ कल्र्भटमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

 चालक विपतराम चौधरीलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । बसमा २७ जना यात्रुहरु सवार रहेका थिए ।

«
Next
»
Previous

No comments

Leave a Reply