Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:38 PM 0

काठमाडौ । इटालीको परराष्ट्र मन्त्रालयबाट हराएका तीनवटा राहदानी काठमाडौंमा भेटिएका छन्। नेपाललाई ट्रान्जिट बनाई युरोपेली मुलुक छिर्न खोज्ने तीन इरानी नागरिकको साथबाट ती राहदानीफेला पारिएको हो। माघ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार जाने क्रममा उनीहरू ती राहदानीसहित पक्राउ परेका हुन्। उनीहरू माघ ४ गते नेपाल आएका थिए।

नेपाल आउँदा उनीहरूले इरानी राहदानी नै प्रयोग गरेका थिए। इटालीको परराष्ट्र मन्त्रालयले आफ्ना तीनवटा राहदानी हराएपछि खोजीका लागि विभिन्न मुलुकमा रहेका दूतावासमा पत्राचार गरेको थियो।

उसले नेपालस्थित बेलायती दूतावासलाई पनि पत्र लेखेर हराएका राहदानी नम्बरलगायत विवरण पठाएको थियो। बेलायती दूतावासको सूचनाका आधारमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले उनीहरूलाई ती राहदानीसहित पक्राउ गरेको हो।

इटाली सरकारले जारी गरेका एए ५६५७७९५, एए ५६७५७८८ र एए ५६७५७८० नम्बरका राहदानी हराएका थिए। क्राउ पर्नेमा टी २९१२७४४४ नम्बरको इरानी राहदानीवाहक तोहिद ताहेरी र उनकी पत्नी एफ २४३८७८१८ नम्बरको राहदानीवाहक बाहेरे पासाजादे छन्। उनीहरूसँगै आएका एम २५९५९२५५ नम्बरको इरानी राहदानीवाहक सिना यारी पनि पक्राउ परेका छन्।

अध्यागमन विभागका निर्देशक ध्रुवकुमार जोशीले उनीहरूको बयान लिएर अनुसन्धान भइरहेको बताए। उनीहरूलाई अदालतमा पेस गर्ने तयारी भइरहेको छ। उनीहरूले ती राहदानी इरानको राजधानी तेहरानस्थित इटालीको दूतावासबाट पाएको दाबी गरेको स्रोतले बतायो। ती इरानीले आफूहरूले मेसिन रिडेबल राहदानी खरिद गरेपछि विवरण भरेको बताएका छन्।

टिकट जाँचका क्रममा कतार एअरलाइन्सका कर्मचारीले शंका लागी उनीहरूले बोकेको इटालीको राहदानीबारे अध्यागमनका कर्मचारीसँग सोधखोज गरेका थिए। अध्यागमनका कर्मचारीले बेलायती दूतावासले पठाएको हराएका राहदानीको विवरण र ती इरानीले बोकेको राहदानीको विवरण मिलेपछि पक्राउ गरेका थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ती राहदानीसँगै पक्राउ इरानीका बारेमा अनुसन्धान थालेको छ। नेपाल आउँदा आफ्नै मुलुकको राहदानीमा १५ दिनको पर्यटक भिसा पाएका ती इरानी माघ ७ गते इटालीको राहदानीमा कतार जान लागेका थिए। अध्यागमनको हिरासतमा रहेका उनीहरूले विमानस्थल अध्यागमन अधिकृतसँग कतार हुँदै इटाली जान लागेको बताएको स्रोतले जनायो।-अन्नपूर्ण पोष्टबाट

«
Next
»
Previous

No comments

Leave a Reply