Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 7:45 AM 0

बागलुङ । एक स्कुले विद्यार्थीले नमुना हेलिकप्टर बनाएर उडाएका छन् । सिद्धार्थ शिक्षा सदन, बागलुङको कक्षा ८मा अध्ययनरत रिवाज श्रेष्ठले चार वटा पंखा भएको हेलिकप्टर जस्तै उड्ने ‘क्वाड कप्टर’ बनाएर आकाशमा उडाएर आफ्नो प्रतिभा देखाएका छन् ।

चार मोटर प्रयोग गरेर निर्माण गरिएको सो हेलिकप्टर करिब ३० मिटरमाथिसम्म उडेको थियो । सिद्धार्थ शिक्षा सदन, बागलुङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले आँफुले तयार गरेको हेलिकप्टर उडाएर चकित पारेका थिए । हेलिकप्टर उडेपछि त्यसमा जोडिएको डिभाइसबाट टेलिकास्ट समेत गर्न सकिने उनले बताए ।

‘‘क्वाड कप्टर’मा जडान गरेको क्यामेराको माध्यमबाट टेलिकास्ट समेत गर्न सकिन्छ,’ उनले भने, ‘टिभीमा देखे पछि यस्तो बनाउने प्रेरणा जागेको हो ।’

सानैदेखि जिज्ञासु स्वभावका श्रेष्ठले चार महिनाको मेहनतमा रिमोटबाट कन्ट्रोल हुने सो हेलिकप्टरलाई आकासमा पु¥याएका थिए । उनले त्यसमा प्रयोग हुने सामाग्री बागलुङ लगायत काठमाण्डौबाट ल्याएका हुन् ।यस अघि रोर्बटो, मिनि हाइड्रो पावर परियोजना, इलेक्ट्रिक कार, सोलार हेट फ्यान बनाएका श्रेष्ठले आगामि दिनमा अझै नयाँ—नयाँ अनुसन्धान गर्ने बताए । 

उनले बनाएको रोबर्ट जुका जस्तै हिँड्छ भने लाइट डिटेक्टिभ उज्यालो हुँदा अफ हुन्छ भने अँध्यारो हुँदा अटोमेटिक बल्छ । उनी उद्योग बाणिज्य संघका सदस्य समेत रहेका सञ्चार उद्यमी राज कुमार श्रेष्ठका छोरा हुन् । पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक गणेश थापाले विद्यार्थीको क्षमतालाई विद्यालयले प्रस्फुटित हुने अवसर प्रदान गरेको बताए ।

 विद्यार्थीको लागि विद्यालयले उपयुक्त वातावरण सृजना गरेकोले विद्यार्थीले नयाँ खोज गरेको विद्यालयका प्रिन्सिपल प्रेम थापाले बताए । सो अवसरमा विद्यार्थीका काका मनोज श्रेष्ठले रिवाज निकै जिज्ञासु स्वभाव भएकोले यो सम्भब भएको बताए ।

«
Next
»
Previous

No comments

Leave a Reply