एक सर्वेक्षण अनुसार ब्रेकअप/डिभोर्स बिर्सन कम्तीमा तीन महिना लाग्ने
ABC Khabar Sansar
5:52 AM
0


प्रेम वियोग सम्हाल्न नसक्दा कतिपय खुस्केका उदाहरण हाम्रै समाजमा भेटिन्छन् । हालै गरिएको एउटा सर्वेक्षणले पुरुष वा महिलालाई प्रेमसम्बन्ध टुटेपछि त्यसबाट पार पाउन कम्तीमा तीन महिना लाग्छ ।
अर्थात् ब्रेकअप वा डिभोर्सको तीन महिनापछि मात्रै त्यस्ता व्यक्तिले नयाँ सम्बन्ध बनाउन मानसिक रूपले तयार हुन्छन् ।
विगत एक वर्षमा यस्ता सम्बन्ध टुटेका १८ देखि २५ वर्ष उमेर समूहका एक हजार चार सय ४ जना विश्वविद्यालयका विद्यार्थीहरूमा गरिएको सर्वेक्षणले यस्तो नतिजा निकालेको हो ।
जर्नल अफ पोजेटिभ साइकोलोजीको अध्ययन अनुसार, ब्रेकअप भएको ११ सातापछि सर्वेक्षणमा सहभागी भएकाहरूले आफ्नो सम्बन्धको बारेमा सकारात्मक रूपले बताउने स्थितिमा थिए ।

No comments