प्रणय दिवसको अबसर पारेर चितवनमा नवौँ सौराहा फुड फेस्टिभल हुने
ABC Khabar Sansar
7:48 PM
0


फेस्टिभलका संयोजक शीरलाल परियारले प्रत्येक वर्ष प्रणय दिवसलाई नै लक्ष गरी फेस्टिभलको आयोजना गर्दै आइरहेको र यसपटक रत्ननगर नगरपालिका–१८ स्थित हात्तीचोकमा रहेको खुल्ला मैदानमा ७० देखि ८० स्टल रहने बताउनुभयो ।
महोत्सवमा स्वदेशी र विदेशी खानाको प्रवद्र्धन गरिने, स्थानीय महिला क्लब, पिछडिएको वर्गको सामूहिक रुपमा स्थानीय परिकार तथा खानाको प्रदर्शनी गरिने बताइयो । महोत्सवमा दैनिक १० देखि १५ हजारसम्मले अवलोकन गर्ने लक्ष्य आयोजकको रहेको छ ।
कार्यक्रममा राष्ट्रियस्तरका लोकदोहोरी कलाकार पशुपति शर्मा, मिलन लामा, रामजी खाँड, चन्द्र शर्मा, मैनारेश्मी मगर, शान्तिश्री परियार, कृष्णा गुरुङ्, सृष्टि विष्टलगायतले आफ्नो प्रस्तुति दिनेछन् भने स्थानीय नृत्यसमेत देखाइनेछ ।

No comments