Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 1:53 AM 0

उत्तम वि.क., दुबई । नेपाली जनप्रगतिशील मोर्चा युएईले मिति ६ फेब्रुअरी २०१५ का दिन बरदुबईमा एक भेला सम्पन्न गरेको छ । नेकपा–माओवादीका तत्कालिन सचिव नेत्र विक्रम चन्दले पार्टीसँग सम्बन्ध विच्छेद गरिसकेपछि युएईमा पनि केही व्यक्तिहरु मोर्चाबाट बाहिरिएको विशिष्ट परिस्थितीमा गरिएको भेलाले केन्द्रिय समितिमा रिक्त पदपुर्ति गरेको छ ।

देश र जनताको लागि आफ्नो ज्यानको बलिदानी दिनुहुने सम्पुर्ण महान शहिदहरु प्रति १ मिनेट मौन धारणबाट शुरु भएको कार्यक्रमको सभापतित्व नेपाली जनप्रगतिशील मोर्चा, युएईका अध्यक्ष काशी काफ्लेले गरेका थिए । मोर्चाका सल्लाहकार हरि नेपालीको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई सचिव उत्तम वि.क.ले संचालन गरेका थिए । घरविदाबाट भर्खर युएई आएका मोर्चाका अध्यक्ष काशी काफ्लेले नेपालको समसामयिक राजनैतिक विषय, पार्टीको केन्द्रिय समितिको वैठकले लिएको निर्णय, पार्टी अध्यक्षसँगको भेटघाट तथा अन्य विषयहरुमा मोर्चाका सदस्यहरुलाई जानकारी गराएका थिए ।

त्यसैगरी नेपालमा भएको माओवादी विभाजनको असर युएईमा पारेको प्रभावको बारेमा समेत छलफल भएको थियो । साथै भेलाले फागुन १ मा जनयुद्ध दिवस मनाउने समेत निर्णय गरेको छ । भेलाले नेपाली जनप्रगतिशील मोर्चा, युएई केन्द्रिय समितिमा रिक्त रहेका स्थानहरुमा थप्ने निर्णय समेत गरेको छ । पुर्नगठित २१ सदस्सीय केन्द्रिय समिति यसप्रकार रहेको छ जसको अध्यक्षमा काशी काफ्ले, उपाध्यक्षमा यम सारु मगर र अर्जुन सुवेदी महासचिवमा उत्तम वि.क. सचिवमा नारायण पाठक, कोषाध्यक्षमा इन्द्र सिन्चुरी रहेका छन् भने सदस्यहरुमा रामु गौडेल, श्रवण कुमार केसी, ज्ञानु कर्मा, नारायण बोहोरा, दिनेश न्यौपाने, मिलन तिरुवा, विकाश श्रेष्ठ, दिनेश रिजाल, पन्चुराज धामी, भरत परियार, मुना सुनार, नरेश श्रेष्ठ, लोक बहादुर कुमाल, दिपक पाण्डे र जय गदाल रहेका छन् ।

मोर्चाका सल्हाकार हरि नेपालीले पुनर्गठित कार्यसमितिलाई जिम्मेवारीबोध, क्रान्तिकारी अनुशासन र उच्च मनोबलका साथ जिम्मेवारी बहन गर्दै मोर्चालाई अगाडी बढाउन जोड दिएका थिए । उक्त भेलाका सभापति एवं मोर्चाका अध्यक्ष काशी काफ्लेले देशको जल्दोबल्दो राजनैतिक घटनाक्रम संगै उब्जिएको अन्यौलतालाई सहज रुपमा चिर्नको सबै तह र तप्का बाट सहयोगको आशा गर्दै नेपाली जनप्रगतिशील मोर्चा, युएईलाई निरन्तर अगाडी बढाउने प्रतिबद्धता जाहेर गर्दै भेलाको समापन गरेका थिए ।

«
Next
»
Previous

No comments

Leave a Reply