Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 7:51 PM 0

काठमाडौं । चलचित्रको छायांकनको तयारीमा रहेका निर्माता, निर्देशक, कलाकार भूकम्पपछि अन्यौलमा परेका छन् । भूकम्पको कम्पनहरु आउने क्रम जारी रहेको र भूकम्प पीडितहरुको उद्दार तथा राहत वितरण भइरहेकाले फिल्मीकर्मीहरु अन्यौलमा परेका हुन् ।

केही फिल्मीकर्मीहरु राहत वितरणमा लागेका छन् भने केही चुपचाप छन् । छायांकनका लागि तयारी गरिरहेका चलचित्रका निर्माता, निर्देशक नै अहिले कहिलेदेखि काम सुरु गर्ने भन्नेमा अन्यौलमा छन् । चलचित्र हलमा प्रदर्शन गर्न समेत सकिएको छैन ।

 भूकम्पको धक्का आइरहेकाले चलचित्र हलमा दर्शक जाने  अवस्था छैन । प्रदर्शन भइरहेका र प्रदर्शन हुने तयारीमा रहेका चलचित्रहरु समेत अन्यौलमा परेका छन् । निर्माता सुवास गिरी र निर्देशक दिनेश राउत पनि अहिले ‘क्लासिक’को छायांकन कहिलेबाट सुरु गर्ने भन्नेमा अन्यौलमा छन् ।
यो चलचित्रलाई वैशाख १५ गतेबाट फ्लोरमा लैजाने तयारी थियो । जेठको पहिलो साताबाट सुरु गर्ने सोच निर्माता–निर्देशकले राखेपनि सबै कुराबाट तयारी हुन आवश्यक छ । नयाँ बर्षको अघिल्लो दिन भव्य कार्यक्रम गरेर चलचित्रको घोषणा गरिएको थियो । कलाकारदेखि प्राविधिक पनि आफ्नै समस्यामा छन् । ९७ जना प्राविधिकको घर भत्किएको छ । उनीहरु मानसिक रुपमा पनि काम गर्न तयार हुनुपर्छ । चलचित्र ‘किस्मत २’लाई पनि चाडै छायांकनमा लैजाने तयारीमा रहेका निर्माता छविराज ओझा अहिले आफै अन्यौलमा छन् ।

 अनुप बरालले निर्देशन गर्न लागेको चलचित्र ‘दोख’ पनि अन्यौलमा छ । कतिपय चलचित्रका लागि हेरिएका लोकेशन पनि भत्किएका छन् । चलचित्रको छायांकनका लागि स्थानिय बासिन्दा पनि तयार हुन आवश्यक छ । रेखा थापाले पनि आफ्नो चलचित्र ‘रामप्यारी’को छायांकन सुरु गर्न सकेकी छैनन् ।

नायक भूवन केसीले निर्देशन सुरु गरेको चलचित्र ‘ड्रिम्स’को छायांकन पनि कहिलेबाट फेरि सुरु हुन्छ पत्तो छैन । चलचित्रको छायांकन सुरु कहिले हुने हो पत्तो छैन । जसका कारण चलचित्र क्षेत्रमा अन्यौलता छाएको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply