Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 9:10 PM 0

धादिङ, जेठ ३ । पूर्वयुवराज्ञी हिमानी शाहले सरकार र राजनीतिक दलले भूकम्पपीडितलाई सहयोग गर्ला भनेर कुरेर बस्न नसकिएको बताएकी छन् ।

शनिबार तसर्पुका भूकम्पपीडितलाई राहत बाँड्न पुगेकी शाहले नागरिकको दुःख हेरेर बस्न नसकिएकाले आफूले सकेको सहयोग गरेको बताइन् । उनले भनिन्, ‘सरकार र पार्टीले केही गर्ला भनेर नागरिकका दुःख टुलुटुलु हेरेर बस्न सकिएन, त्यसैले सानो भए पनि सहयोग गरिएको हो ।’

हिमानी ट्रस्टको राहत कार्यक्रम लिएर तसर्पु पुगेकी उनले वडा नम्बर ३, ४, ५, ६ र ७ का पाँच सय भूकम्पपीडितलाई जस्तापातालगायत राहत सामग्री वितरण गरिन् ।

सामान्य भेषभूषामा सर्वसाधारणमाझ पुगेकी उनले पीडितहरुलाई भनिन्, ‘जनताको यो दुःखमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको पनि समवेदना छ ।’
उनले थपिन्, ‘उहँहरु पनि जनताको यो दुःखबाट चिन्तित होइबक्सन्छ र जनतालाई साथ दिन तयार होइबक्सन्छ ।’

हिमानीको साथमा छोरी पूर्णिका, नन्द पुजा र शीताष्मा पनि राहत वितरणका लागि तसर्पु पुगेका थिए । आजको सौर्य दैनिकमा खबर छ ।

«
Next
»
Previous

No comments

Leave a Reply