Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:17 AM 0

काठमाडौं जेठ २ (एजेन्सी) । भूकम्पपीडितका लागि सहयोग गर्न आएको अमेरिकी सेनाको हेलिकोप्टर युएच–१ ह्युई दुर्घटनामा पर्यो । गत मंगलबार हराएको हलिकप्टर शुक्रबार भेटियो । हेलिकप्टरमा ६ अमेरिकी र दुई नेपाली सैनिक थिए । सबैले ज्यान गुमाए ।

हेलिकप्टरमा पाइलट थिए, क्रिस नर्गेन । यो दुःखद खबर सुनेपछि नर्गेनकी आमा केरीले अमेरिकन मिडियालाई भनिन्, ‘मेरो छोरो मेरो नजरमा हिरो छ, ऊ मसँगै छ र सधैँ रहिरहनेछ ।’ स्वर्गीय क्रिस अमेरिकाको विचितामा जन्मिएका हुन् । उनले विसप क्यारोल क्याथोलिक हाइस्कुल, विचिता स्टेट युनिभर्सिटी र युनिभर्सिटी अफ मिसुरी–रोलामा अध्ययन गरेका थिए ।

क्रिसका बाबु रोन धेरैपटक बिरामी परेका थिए, तीन पटकसम्म त मृत्युको मुखमा पुगेका थिए । रोन रोगका कारण नै ३० दिनसम्म कोमामा परेका थिए । रोनले नर्गेनकी आमाको रेखदेखका लागि नै भगवानले आफूलाई बचाएको बताएका छन् । उनले आउँदा दिनमा श्रीमतीलाई सहयोग गर्ने र छोराको सम्झनामा केही काम गर्ने बताएका छन् ।

रोन भन्छन्, ‘म बिरामी भई हस्पिटलको बेडमा हुँदा क्रिसले बिदा लिएरै लामो समय मलाई साथ दिएको थियो ।’ राहत र उद्धारका लागि नेपाल आएका क्रिस अस्थायी बसोबास बनाउन भूकम्प प्रभावित ग्रामीण भेगमा खटिएका थिए । आमा केरीले क्रिस बहादुर तर भावुक भएको बताएकी छिन् ।

उनी भन्छिन्, ‘ऊ भन्थ्यो, आमा कसै न कसैले त पीडितहरूका लागि सहयोग गर्नुपर्छ । ऊ बहादुरसँगै भावुक थियो ।’ अहिले अमेरिकास्थित क्रिसको कार्यालयमा क्रिसको सम्झना गरिएको छ । कार्यालयका भित्तामा सम्झनास्वरुप क्रिसका तस्बिर टाँगिएका छन् । ओबामाको यस्तो भिडियो सन्देश

«
Next
»
Previous

No comments

Leave a Reply